You are viewing the translated version of बजेट रोक्का वा नियन्त्रण गर्न वा समर्पण गराउन सक्ने.

Rule 34
बजेट रोक्का वा नियन्त्रण गर्न वा समर्पण गराउन सक्ने
(१) ऐनको दफा २१ बमोजिम अर्थ मन्त्रालयले बजेट रोक्का, नियन्त्रण वा समर्पण सम्बन्धमा गरेको निर्णयको जानकारी तुरून्त सम्बन्धित लेखा उत्तरदायी अधिकृत र महालेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अर्थ मन्त्रालयबाट बजेट समर्पणको सूचना प्राप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित लेखा उत्तरदायी अधिकृतले सो सूचना बमोजिम बजेट समर्पण गरेको जानकारी अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको जानकारी प्रा भएपछि लेखा उत्तरदायी अधिकृतले समर्पणको लागि लेखी आएको बजेटबाट खर्च हुने गरी दायित्व सिर्जना भइसकेको वा आर्थिक वर्षको बाँकी अवधिमा थप बजेट खर्च हुने सुनिश्चित भएमा सो हदसम्मको बजेट रोक्का नगर्न तथा समर्पण नगराउनको लागि पुष्ट्याईंसहित अर्थ मन्त्रालयमा तुरून्त लेखी पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा अर्थ मन्त्रालयले खर्चको आवश्यकता र औचित्य हेरी बजेट रोक्का, नियन्त्रण वा समर्पण सम्बन्धी निर्णयमा पुनर्विचार गर्न सक्नेछ।